सुचना, समाचार र मनोरन्जन

सुनको भाउ शुक्रबार घट्यो

काठमाडौँ,

 सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको हप्ताको पहिलो दिन वैशाख २१ गते आइतवार सुनको भाउ तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा ६ हजार सात सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो ।

Leave A Reply

Your email address will not be published.