सुचना, समाचार र मनोरन्जन

संसदमा नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने आज अन्तिम दिन

काठमाडौँ,

आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम आज सकिँदैछ । आजको प्रतिनिधिसभा बैठकमा बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन् ।

गएको सोमवारदेखि निरन्तर छलफल भइरहेको प्रतिनिधिसभामा छलफलका लागि छुट्याइएको समय आज सकिने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा भने २२ र २३ गते दुई दिन छलफल भएको थियो ।

दुवै सदनमा यही २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ ।

Leave A Reply

Your email address will not be published.