काठमाडौं :
अब चलचित्र विकास बोर्डले छिट्टै रियल टाइम बक्सअफिस प्रणाली लागू गर्ने भएको छ। बक्सअफिस प्रणालीको सफलतापूर्वक परीक्षण गरेसँगै लागू गर्न लागेको हो।लामो प्रतिक्षापछि चलचित्र क्षेत्रले चाहेको आधुनिक, न्यायसंगत रियल टाइम बक्स अफिस ल्याउन लागेको हो।
जुन लागू भएसँगै टिकट बिक्री भएको ५ मिनेटभित्रै बक्सअफिस केन्द्रीय सर्भर प्रणालीमा तथ्याङ पुग्नेछ। बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार अब बक्सअफिस तथ्यांकमा सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरकले सहजै हेर्न पाउने छन्। बोर्डले जेठ १५ भित्रै सेवाप्रवाहलाई अनलाइनमाध्यममा रुपान्तरण गर्ने तयारी थालेको छ। सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन्।