काठमाडौँ,
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र माथि उठाउन रोजगारी सिर्जना गर्नुपर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन । आर्थिक वर्ष २०८२÷०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न आवश्यक रहेको बताए ।
सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । निजी क्षेत्रले दिएका सुझावलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि उनले बताए ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानूनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरु कानून निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताए ।