सुचना, समाचार र मनोरन्जन

प्रविणको मुख्य भुमिका रहने फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु

काठमाडौं :

फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ। पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन थालेको हो।

निर्माणले फिल्मको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु गरेको हो। शिवांश : च्याप्टर–१’को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी दिएका छन्। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ। सिनेमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।

यस फिल्मको कथा अञ्जान केसीले नै लेखेका हुन् भने लगानी पनि उनकै छ। फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको छ। केही समय अगाडि निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए। उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो ।

सिनेमाको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन। असोज २४ गते रिलिज हुने फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ। फिल्ममा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ।

फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन्। मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन् । कस्ट्युम कमल मिश्रको हुनेछ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहने सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहने चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.