सुचना, समाचार र मनोरन्जन

चैत मसान्तसम्म १९ हजारभन्दा धेरै मतदाता थपिए

काठमाडौँ,

निर्वाचन आयोगले गएको चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।

यसअनुसार महिला मतदाता ८९ लाख १० हजार आठ सय ९६ र पुरुष मतदाता ९२ लाख ३७ हजार पाँच सय ७२ तथा अन्य मतदाता एक सय ८६ गरी एक करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता अन्तिम मतदाता नामावलीमा समावेश रहेको आयोगले जनाएको छ ।

यसअघि गएको कात्तिक २६ मा प्रकाशित मतदाता नामावलीअनुसार महिला मतदाता ८९ लाख ३ हजार एक सय ९७, पुरुष मतदाता ९२ लाख २५ हजार चार ४८ र अन्य मतदाता एक सय ८७ गरी जम्मा एक करोड ८१ लाख २८ हजार आठ सय ३२ मतदाता थिए ।

विगतमा प्रकाशित मतदाता नामावलीभन्दा अहिले प्रकाशित मतदाता नामावलीमा महिला मतदाता ७ हजार ६सय ९९ र पुरुष मतदाता १२ हजार एक सय २४ गरी जम्मा १९ हजार आठ सय २२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.