सुचना, समाचार र मनोरन्जन

राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताए ।

उनले कम्पिटिटिभननडिभिटेबल व्यक्ति आउनुपर्ने बताए । योग्यताको आधारमा गभर्नर नियुक्ति हुनुपर्ने बताए । देशलाई काम गर्नसक्ने मान्छे भए हुने उनको भनाइ छ । टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे ।

Leave A Reply

Your email address will not be published.