सुचना, समाचार र मनोरन्जन

सगरमाथाआरोहणका क्रममा एक जना आरोहीको ज्यान गयो

काठमाडौँ,

सगरमाथामा आरोहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ । हिजो बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका नागरिक ४५ वर्षका पुरुषको राति ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हिजो बेलुका ८ बजेतिर थकित रूपमा चौथो शिविर पुगेका राहदानी नम्बर पी–६११२७८५–ए भएका ४५ वर्षीय फिलिप नागरिक स्यान्टियागोको राति ८ बजेतिर ज्यान गएको हो । उनको शव चौथो शिविरमै रहेको र उद्धारको प्रयास भइरहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.