सुचना, समाचार र मनोरन्जन

गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहानको समयमा पठनपाठन

अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रका विद्यालयमा बिहान पठनपाठन शुरू भएको छ ।

वीरगञ्ज महानगरको निर्णयानुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन शुरू भएको हो ।

अर्को सूचना जारी नभएसम्म बिहानी समयमा ६ बजेदेखि अध्यापन हुनेछ । महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र एक सय ३८ निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ प्राथमिक विद्यालय र एक पूर्वप्राथमिक विद्यालय छ ।

Leave A Reply

Your email address will not be published.