सुचना, समाचार र मनोरन्जन

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने

काठमाडौँ,
नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पर्यटन विभागका निर्देशक हिमाल गौतमले विभागबाट कांग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति प्राप्त गरेको जानकारी दिए ।

महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् । अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.