सुचना, समाचार र मनोरन्जन

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

 

चितवन :  गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए ।

 

उनका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नम्बर २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ ।

 

केराखेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्‍याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।

 

जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.