सुचना, समाचार र मनोरन्जन

वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति

काठमाडौँ,

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निजी विद्यालयहरूमा गरेको अनुगमनप्रति आपत्ति जनाएका छन् । विभागले विभिन्न निजी विद्यालयहरूमा अनुगमन गर्दै आएको छ । निजी विद्यालयहरूले उक्त अनुगमनलाई अनुगमनको नाममा डर देखाउन खोजेको भनेका छन् । जीजि तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) र राष्ट्रिय प्याब्सन (एनप्याब्सन) ले अनुगमनप्रति आपत्ति जनाएका हुन् ।

उनीहरूले गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको बताएका छन्।

शैक्षिक शुल्क निर्धारण, शैक्षिक गुणस्तर, व्यापार कारोबार जस्ता बहानामा विभागले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

प्याब्सन अध्यक्ष कृष्ण अधिकारी, सहअध्यक्ष गोपाल आचार्य र एनप्याब्सनका अध्यक्ष सुभाषचन्द्र न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका हुन्।

शिक्षामा निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै मन्त्री भण्डारीले शिक्षालाई व्यवसायको दृष्टिले नभई सेवाको दृष्टिकोणबाट बुझिने गरी अनुगमन रोक्न विभागलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.