सुचना, समाचार र मनोरन्जन

नेपाली बजारमा स्याउको मूल्य घट्यो

काठमाडौँ,

स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यमा गिरावट देखाएको हो ।

आइतबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो अधिकतम ३ सय २० रुपैयाँ छ । औसतमा भने २ सय ८० रुपैयाँ कायम छ । शनिबार फुजी स्याउ प्रतिकिलो औसतमा २ सय ८६ रुपैयाँमा किनबेच भएको थियो । यस्तै झोले स्याउ प्रतिकिलो २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

३१ वैशाखमा स्याउ प्रतिकिलो २ सय ६० रुपैयाँदेखि ३ सय रुपैयाँमा किनबेच भइरहेको थियो । २२ वैशाखमा अधिकतम ३ सय ४० रुपैयाँ र औसतमा ३ सय २० रुपैयाँमा किलोमा स्याउ किनबेच भएको थियो ।

Leave A Reply

Your email address will not be published.