सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘प्रधानमन्त्रीकप एनभिए महिला तथा पुरुष भलिबल जेठ ८ गतेदेखि

पोखरा,

पोखरामा पहिलो पटक ‘नवौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष क्लब लिग’ हुने भएको छ । जेठ ८ गते भलिबल दिवशको अवसर पारी भलिबल प्रतियोगिताको उद्धघाटन गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघद्वारा आयोजित उक्त प्रतियोगिता जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा हुनेछ।  संघका अनुसार प्रत्येक खेलमा तीन देखि चार हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा १४ टिम सहभागी हुनेछन् । जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.