सुचना, समाचार र मनोरन्जन

तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

 

काठमाडौं : वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३ सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार १ सय ३५ आरोही र २ सय ३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

 

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३ सय ८२ पुरुषसहित ४ सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यसपटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १ सय २७ समूहका एक हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् ।

 

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एक सय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.