सुचना, समाचार र मनोरन्जन

पोखराको प्याराग्लाइडिङ पुरानै ठाउँमा सर्यो

पोखरा,

पोखराको प्याराग्लाइडिङ पूरानै ठाउँमा सरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि मान्द्रेढुंगा पुर्याइएको प्याराग्लाइडिङ उडान अब तोरीपानीबाट गर्ने भएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले तोरीपानीबाट उडान भरेर खपौंदी र चंखपुर क्षेत्रमा ल्याण्ड गर्ने गरी अनुमति दिएको छ । कुनै समय पोखराको ब्राण्ड बनिसकेको प्याराग्लाइडिङ स्थानान्तरण गर्दा लोप हुने अवस्थामा पुगेको थियो ।

 ‘पोखरा एकसमय प्याराग्लाइडिङका लागि मात्रै आउने पर्यटक पनि थिए ।अहिले ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको उडान अब ११ बजेदेखि साढे ४ बजेसम्म गर्न मिल्ने भएको छ ।

उडान र अवतरणको स्थानान्तरणसँगै पोखराको प्याराग्लाइडिङ पूरानै अवस्थामा फर्किने व्यवसायीको आशा छ  ।

विमानस्थल निर्माणअघि यहाँका प्याराग्लाइडिङ कम्पनीले दिनमै ७ सय जनासम्म सिजनमा उडाउने गर्थे । ठाउँ सरेपछि सिजनमै २ सय जना हाराहारी मात्रै उड्ने गरेका छन् । प्याराग्लाइडिङ व्यवसाय सुस्ताएपछि दर्ता भएका कम्पनी पनि विस्थापित भए, पाइलटहरु पनि पलायन भएका छन् । हवाई खेलकुद संस्थाका अनुसार ६० कम्पनी दर्ता भएकोमा अहिले ५३ कम्पनीले मात्रै नियमति उडान भर्छन् ।

यहाँ प्याराग्लाइडिङ उडाउन ३ सय ९९ जना पाइलटले अनुमतिपत्र लिएका छन् । तर २ सय ६० जना मात्रै अहिले सक्रिय रहेका र अन्य पलायन भएका महासचिव आचार्यले जानकारी दिए । ‘रोजीरोटी नै नचल्ने अवस्था आएपछि बसिरहने कुरा पनि भएन,’ उनले भने( ‘धेरै पाइलटले पेसा परिवर्तन गरे । कतिपय विदेश गैसकेका छन् ।’

राज्यले लिने कर र शुल्क महंगो भएका कारण पनि कतिपय कम्पनीहरु सक्रिय हुन सकेका छैनन् । पोखरामा हुने प्याराग्लाइडिङमा उड्दा न्यूनतम ७ हजार ५ सय देखि अधिकतम ८ हजार ५ सयसम्म शुल्क तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.