सुचना, समाचार र मनोरन्जन

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

कञ्चनपुर,

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् ।

विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । आरक्ष विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उहाँ त्यहाँबाट विस्थापित हुनुभयो ।

आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा झन्डै चाररपाँच वर्ष सडकमै बिताउनुभयो । २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उहाँलगायतका ६ सय विस्थापित बसोबास गर्दै आउनुभएको छ ।

सरकारले व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि पीडितहरू त्यहाँ बसेका हुन् ।

आरक्ष पीडित भण्डारीले सरकारले आयोग गठन गरे पनि आफूहरूको व्यवस्थापन नभएको २४ वर्ष बितिसकेको गुनासो गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.