सुचना, समाचार र मनोरन्जन

बिन्दु परियार र अर्जुन घिमिरेको आयो पुर्वेली गीत ‘गैदिउँ भागेर’

काठमाडौं :

पुर्वेली गायक अर्जुन घिमिरे र लोकप्रिय गायिका बिन्दु परियारको स्वरमा पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक भएको छ। निर्माण टिमले हालै गीतको भिडियो रिलिज गरेको हो।

गीतमा लय रबिन अधिकारीले गरेका छन् भने शब्द रचना भोला अधिकारीको छ। रंगपत्रकार भोला अधिकारीले बेला बेलामा आफ्ना शब्द रचनामा पुर्वेली गीत स्रोतामाझ ल्याउने गरेका छन्। उनले लामो समयको अन्तरालमा पुर्वेली लोकभाका रेकर्ड गराएका हुन्। गीतमा पुर्वको ओखलढुङ्गा,पोकली झरना,उदयपुर,सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएका छन्। माया प्रेमका भावमा प्रकृति र ठाउँ विषेशलाई गीतको शब्दमा उनिएको छ। पुर्वेली गीतहरु प्राय गाउँ ठाउँको परिवेशलाई आधार मानेर नै गीत गाउने गरिन्छ। सोही अनुसार नै गीतकार अधिकारीले आफ्ना भाव पोखेका छन्।

गीतको भिडियोमा गायक घिमिरे आफैले अभिनय गरेका छन्। उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराईलीले साथ दिएका छन्। घिमिरे भन्छन्,‘गीतसंगीतमा गाएर मात्रै पछिल्लो समय नहुने रहेछ। भिडियोमा आफ्नो अनुहार देखाउनु पर्ने समय आयो। १५ वर्षअघिसम्म स्वरबाट नै चिन्ने गरेका स्रोताले अहिले भिडियोमा हेर्न खोज्न थाले। त्यसैले मैले पनि भिडियोमा अभिनय गरेको हो।’

केबी भण्डारीको एरेन्ज गरेको यो गीतको भिडियोमा दीपेश एसकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। भिडियोलाई प्रेम लामाले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्। यसअघि भोलाले सिर्जना गरेको गीत ‘पुर्वै मोरङको’,‘रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भएका छन्। त्यसै गरि गायक घिमिरेको ‘छेउमै पर्यो घर’,‘म त ड्राइभर दाई’,‘ठान्यौँ सानी कच्चा’,‘जिम्मलका छोरी’,‘मासु पाडाको’लगायत आफ्ना र अरुमा गीतमा गरि २ सय हाराहारीमा स्वर भरिसकेका छन्।

यता गायिका बिन्दु परियार पछिल्लो समयकी चर्चित गायिका हुन्। ‘गैदिउ भागेर’गीतको भिडियोलाई दर्शकले गायककै अर्जुन घिमिरे नामक च्यानलमा अपलोड गरिएको छ। यो गीत गत चार महिनाअघि नै रेकर्ड भएको थियो। भिडियो भने हालै निर्माण गरिएको निर्देशक दीपेशले बताए।

Leave A Reply

Your email address will not be published.