परिचयकर्मी भोला अधिकारीले ‘गैदिउँ भागेर’बोलको पूर्वेली गीत बजारमा ल्याएका छन । अर्जुन घिमिरे र बिन्दु परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रविन अधिकारीको लय रहेको गीतमा पूर्वको ओखलढुंगा, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो शब्दा समेटिएका छन् ।
अधिकारीले माया प्रेमका भावमा प्रकृति र ठाउँ विशेषलाई गीतको शब्दमा उतारेका छन । गीतको भिडियोमा गायक घिमिरेकै अभिनय देख्न सकिन्छ । उनलाई गीतु पराजुली र सन्तोष बराइली अभिनयमा साथ दिएका छन ।
केबी भण्डारीको एरेन्ज गरेको यो गीतको भिडियोमा दीपेश एसकेको कोरियोग्राफी तथा निर्देशन छ । प्रेम लामाले खिचेको भिडियोमा टेकेन्द्र शाहको दृश्य सम्पादन छ । यसअघि भोलाका ‘पूर्वै मोरङको’,‘रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भइसकेका छन् ।