सुचना, समाचार र मनोरन्जन

रंगमञ्चमा रेखा थापादेखि सरोज खनालसम्म,राजेश हमालले पनि खेलेको थिए १२ वर्षअघि नाटक

काठमाडौँ :

फिल्मको पर्दामा देखिएका कलाकारहरु यतिबेला रंगमञ्चमा छन्। हलको पर्दामा आफ्नो अभिनयमार्फत दर्शकलाई रुझाउदै आएका पुराना अभिनेता सरोज खनालदेखि अभिनेत्री रेखा थापा रंगमञ्चमा छन्। नाटक ‘मिरा’मार्फत पहिलो पटक नाटकमा रेखाका प्रवेश भएको हो। यता सरोज खनाल भने नाटकबाट नै उदायका कलाकार हुन्। उनले अहिलेसम्म ३० वटा भन्दा बढि नाटकमा अभिनय गरिसकेका छन्।

उनी यतिबेला सोमनाथ खनालको निर्देशनमा मञ्चन भइरहेको नाटक ‘मञ्जिरा’मा अभिनय गरिरहेका छन्। थापागाउँस्थित मण्डला थिएटरमा शनिबारबाट नियमित मञ्चन भइरहेको यो नाटकमा सरोज ८ वर्षपछि अभिनय गरेका हुन्। खनालले ८ वर्षअघि मण्डलाकै नाटक ‘१२ दुर्वासा’ अभिनय गरेका थिए। पोलिटिकल सोसियल ड्रामाको यो नाटकमा अन्याय सहेर बस्नु पनि आफैँलाई अन्याय गर्नु रहेको सन्देश दिन्छ।

उनी भन्छन्,‘ नाटकको अफर आयो बने म फिल्म छोड्न तयार छु। यसअघि अनुप बरालको नाटकमा अपोर आउँदा ‘बगान’ रिलिजको सिलसिलामा अमेरिका पुगेको थिए। उताबाट आउँदा रिहर्सल गर्नका लागि १४ दिन बाँकी थियो त्यसैले गरिनँ। मैले अहिलेसम्म ३० वटा नाटक खेलिसकेको छु। आरोहणमा आबद्ध रहेको थिए। त्यसैले सोमनाथ खनालले नाटकका लागि कुरा गर्नुभयो। त्यसैलाई स्वीकार गरेर आफ्नै घरमा फर्किएको छु।’

सरोजको अलवा नाटकमा सरिता गिरी,सरस्वती चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपानेको अभिनय छ। सन्देश घिमिरे र सोमनाथ खनालको लेखन रहेको नाटकको निर्देशन सोमनाथ खनाल रहेका छन्।

यता कान्तिपुर फिल्म एकेडेमीको नयाँ नाटकघरबाट अभिनेत्री रेखाले ‘मिरा’को भुमिका निवार्ह गर्दैछिन्। पहिलो पटक नाटकमा अभिनय गर्न लागेकी उनी निकै उत्साहित देखिन्छिन्। भोलीबाट मञ्चन हुने यस नाटकले एक क्रान्तीकारी पात्रको भुमिका निवार्ह गर्दैछिन्।जेठ १९ गते सोमबार (भोली)बाट असार ७ गतेसम्म मञ्चन हुने यस नाटकको लेखक दीपक सिंजाली हुन्। उनीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित यो नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ।

मीरा उपन्यासलाई नाट्य रुपान्तरण र निर्देशक धितालले नै गरेका हुन्। सुन्दर धितालले निर्देशन गरेको यो नाटकमा रेखाका साथमा विशाल पहारी,विन्दा खतिवडा,विशाल देवकोटा,गीत बिष्ट,डोरेश खतिवडा,उन्नत उप्रेती र सुनिल खड्काले अभिनय गर्दैछन्। मीरा उपन्यासलाई नाटकमा उपान्तरण गरिएको हो। यसका लेखक दीपक सिंजाली हुन्।

१२ वर्षअघि अभिनेता राजेश हमालले थिएटर भिलेजमा ‘कोर्ट मार्शल’नामक नाटकमा अभिनय गरेका थिए। उनको पनि यो डेब्यु नाटक थियो। यो नाटकले त्यो समयमा सर्वाधिक कमाई गरेको थियो। अनुप बरालको निर्देशनमा मञ्चन भएको यो नाटक भारतीय नाटककार स्वदेश दीपकको ‘कोर्ट मार्शल’ थियो। जुन नाटकको नेपाली अनुवाद निर्देशक बरालले नै गरेका थिए।

यस नाटकमा राजेशका अलवा सुनील पोखरेल, दिलभुषण पाठक, दयाहाङ राई, दिया मास्के, नयनराज पाण्डे र निर्देशक बरालसहित ३० कलाकारले अभिनय गरेका थिए। यसमा राजेशले कर्णेल रुपक सिंहको भूमिका निवार्ह गरेका थिए। जुन सर्वाधिक रुचाइयो पनि।

यो भूमिकामा बलियो बन्न राजेशले नियमित रिहर्सलमा समेत जुटेका थिए। १२ वर्षअघि थियटर भिलेज लाजिम्पाटको उत्तर ढोकातर्फ थियो। फिल्मको पर्दामा जस्तो टेक लिन नमिल्ने भएपछि राजेशले नाटक अभ्यासमा समय निकालेका थिए। घर नजिकै भएकाले पनि त्यो समयमा राजेशले मेहनत गरेका थिए। सरोज,रेखा र राजेशमा सरोजले नाटकमा हुदै फिल्ममा आएका हुन् भने रेखा र राजेश फिल्मबाट नाटकमा आएका हुन्।

Leave A Reply

Your email address will not be published.