सुचना, समाचार र मनोरन्जन

उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा संचालन

 

काठमाडौं : उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल, नेपालले जेठ १९ गते २ वटा बस संचालन गरेको छ।

 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचालन हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

 

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्य सम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो।

Leave A Reply

Your email address will not be published.