सुचना, समाचार र मनोरन्जन

४० लाख पारिश्रमिक लिएर तेस्रो फिल्मको निर्देशनमा जुट्दै कृषा

काठमाडौं :

गत चैतमा प्रदर्शन भएको ‘पिताम्बर’ बक्स अफिसमा सफल भएको भयो। दर्जनौ ठुला स्टारलाई लिएर ठुलै बजेटमा निर्माण भएको यो फिल्मबाट निर्मात्री कृषा चौलागाइँलाई निर्देशकका रुपमा समेत स्थापित गरायो। उनको डेब्यु निर्देशकिय फिल्म ‘ऐचो पैचो’फिल्मबाट निर्देशकका रुपमा उदाएकी कृषाले दोस्रो फिल्ममा आफुलाई एक्सन निर्देशकमा स्थापित गरिन्। उनलाई यहीँ फिल्मले एक्सन निर्देशकको रुपमा स्थापित गराउन सफल भयो।

ठूला स्टारलाई लिएर ठूलो बजेटमा स्तरीय एक्सन फिल्म निर्माण गरेको भन्दै प्रशंसा पाएकी कृषाले बाहिरी ब्यानरबाट फिल्म निर्देशन गर्ने बुझिएको छ। हालै जापानमा भएको फिल्म फेस्टिभलमा पुगेकी कृषाले नयाँ फिल्मका लागि समेत साइन गरेकी छन्। जुन कुरा उनले सामाजिक सञ्जालमा उल्लेख राखेकी छन्।

कृषाका अनुसार उनले निर्देशन गर्न लागेको फिल्म यूएनए प्रोडक्सनको हो। यूएनए प्रोडक्सनका प्रमुख तथा जापान वितरक उज्ज्वल गुरागाँई र निर्देशक कृषाबीच कागजी सम्झौता भएको हो। कृषाले यो फिल्म निर्देशनका लागि ४० लाखमाथि पारिश्रमिक बुझेको चर्चा छ। उनी आफैले नभने पनि फिल्म बजारमा हल्ला चलेको हो। के उनले यो फिल्ममा लागि ४० लाख बुझेकी हुन्? हुन भने उनी नेपाली फिल्म नगरीमा सबैभन्दा धेरै पारिश्रमिक लिने निर्देशक बन्नेछिन्।

उनीहरुले फिल्मको कलाकार नेपाल बाहेक अन्य मुलुकको समेत राख्ने बुझिएको छ। फिल्ममा नेपालका कलाकारसँगै भारत र फिलिपिन्सका कलाकारको पनि अभिनय रहने छ। त्यसका लागि मुख्य अभिनेत्रीको टुंगो लागिसकेको छ। कृषाले आफ्नो फेसबुकमा कलाकार को हुन चिन्नुहोस् त भनेर राखेकी छन्। तर निर्माण पक्षले कलाकारको नाम भने बाहिर ल्याएको छैन।

आगामी भदौ महिनाबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ। नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भइसकेको यो फिल्ममा नाम चलेका कलाकारहरुले नै अभिनय गर्नेछिन्।

Leave A Reply

Your email address will not be published.