काठमाडौं :
‘आको म त तिन भन्ज्याङ्ग काटेर, जान देउन पिरति बाटेर’राष्ट्रिय नाचघरको भव्य हलमा जब यो आवाज गुन्जियो । एकाएक दर्शकदिर्घाबाट हुटिंग र तालीको गड्गडाहट चल्न थाल्यो। नाचघरमा सम्पन्न मिष्टर एण्ड मिस एसईई आइकनमा उनको प्रस्तुति प्रति दर्शकदीर्घाबाट हुटिङ्ग र तालीको वर्षा भएको हो।
पछिल्लो समय जसरि हुन्छ हिट हुने बहानामा भल्गर र दुईअर्थी गीतहरुले दुसित बनिरहेको नेपाली गीतसंगीतलाई ब्यक्तिगत एवं संस्थागत रुपमा सफा र सुसंस्कृत बनाउन प्रतिबद्ध साधकको नाम हो नारायण थापा। बिगत २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक नारायण थापा पछिल्लो समय मेला महोत्सव तथा स्टेज कार्यक्रमहरुमा नछुट्ने नाम हो। मिस्टर एन्ड मिस यसईई आइकन २०२५ को ग्य्रान्ड फिनालेमा आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गराउनु भएका गायक थापाले ‘मायाले’,‘खतरा होला नि’ लगायतका गीतहरु प्रस्तुत गरे।
बिभिन्न प्रतिष्ठित अवार्ड र साम्मानपत्रबाट सम्मानित एवं कुशल निर्णायकको भुमिका निर्वाह गरिसकेका गायक थापाले हालै मात्र ‘दिल आफ्नै थियो’गीत बजारमा ल्याएका छन भने ‘तिम्रो स्पर्शले’ औधि मन पराएँ’रात भरि’जुन मायाको पुजा गरें लगायत दर्जनौं गीतहरु बजारमा आईसकेका छन। बिभिन्न फिल्म तथा फुटकर गीतहरुसँगै चौथो गीती संग्रह ‘आभुषण’को गीतहरु रेकर्डिंगको क्रममा रहेको गायक थापाले बताए।