Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गुहेश्वरीमा ‘अक्षरा’को शुभमुहूर्त, बिनयराज पौडेलको निर्देशन डेब्यु
- ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ लिरिकल र्याप भर्सन सार्वजनिक
- सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, नाजीर हुसेन पनि सम्मानित
- रितेशको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन
- ‘अक्षरा’को शुभमुर्हूत भएकै दिन ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध
- फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
- परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
- पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?
- लाग्यो उभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरू
- गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
पोखरा महानगरपालिका द्धारा टोलटोलमा पुगेर स्वास्थ्य सेवा
पोखरा,
पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ ।
महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु भएको उक्त कार्यक्रम अन्य वडा तथा टोलमा पनि सञ्चालन हुने जनाइएको छ ।
केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती अभियान सुरु गरिएको बताए । नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिने गरिएको उनले उल्लेख गरे । उनका अनुसार यही असार ७ गतेसम्म वडाका १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन हुनेछ ।
वडा नं ८ मा आइतबार र सोमबार सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । “ज्येष्ठ र अशक्त नागरिकलाई टोलटोलमा पुगेर स्वास्थ्य जाँच, उपचार र परामर्श प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख सुवेदीले भने, “विशेषगरी नसर्ने रोगबाट प्रभावित नागरिकलाई जाँचसँगै औषधि नियमित सेवन गरे÷नगरेका अनुगमन गर्छौँ, सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।”
उहाँले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै गरिरहेको गरिएको बताए । स्वास्थ्य जाँचका क्रममा अस्पताल जानुपर्ने अवस्थाका बिरामी पहिचान भएमा सोहीअनुसारको सल्लाह र परामर्श दिने गरिएको छ ।
वडा नं ८ सहित महानगरका अन्य वडामा पनि ज्येष्ठ तथा अशक्त नागरिकका लागि नसर्ने रोगको स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गर्ने योजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीको स्वास्थ्यप्रति महानगरका प्रतिबद्ध रहेको जनाउँदै सबै वडा र टोलमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने बजानकारी दिए। महानगरले गत वर्ष वडा नं २५ हेम्जामा ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरी घरघरमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो ।
Prev Post