सुचना, समाचार र मनोरन्जन

सुगम पोखरेलको ‘यो कथा हो मेरो’

काठमाडौं :

गायक सुगम पोखरेलको ‘यो कथा हो मेरो’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीति संग्रह नवमी मा संग्रहित यो गीतको शब्द संगीत तथा संगीत संयोजन सुगम आफ्नै रहेको छ।

गीतको भिडियोमा युवा देखि वयस्क सम्मका कथालाई सिर्जनात्मक रुपमा प्रस्तुत गरिएको छ। योगेश दाहालले छायांकन तथा सम्पादन गरेको उक्त भिडियोको निर्देशन सुशान्त गौतम ले गरेका छन्। गीतमा अन्जु रिजाल ,मिलन कार्की , स्नेहा जोशी , सन्तोष गिरी , सफर पोखरेल, नूर खनाल लगायत कलाकारको अभिनय रहेको छ।

हाम्रै समाजका केहि प्रतिनिधि कथाहरु लाइ यस गीतको भिडियोमा उतार्न खोजेको गायक सुगम बताउछन्। साथै दर्शक तथा श्रोताहरुले गीतलाई मन पराउने आशा पनि उनले राखेका छन्। गीतको म्युजिक भिडियो लाइ गायक सुगम पोखरेल को आधिकारिक युटुब मार्फत सार्बजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.