
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
- प्रहरीमा कार्यकारी हस्तक्षेप: सुशासनको दाबीमा स्वेच्छाचारिताको प्रहार
- आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
- आज सुनचाँदीको मूल्यमा गिरावट
- नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी
- पर्वतको पाखादेखि लण्डनको छातीसम्म: आदर्श तमु शान्तकुमार गुरुङको निष्ठा, शूरवीरता र परोपकारको अमर गाथा
- कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन
रसुवा,
रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा रु १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब रु ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले रु तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए । उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधान आयात भएका हुन् ।
सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको उल्लेख गरे । सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
Prev Post