सुचना, समाचार र मनोरन्जन

दीपकको ‘अन्त नसरे’मा तुलसी सिवाकोटी र बेनिशा पौडेलको स्वर

काठमाडौं :

कर्णबाघ  प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको गीतलाइ सार्वजनिक गरिएको छ। बुधबार  राजधानीमा आयोजित एक  समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको   कार्यक्रममा सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लगायत कर्णाली प्रदेशका बुद्धिजीवी ,पत्रकार लगायतको बाक्लो  उपस्थिति थियो।

दीपक शर्माको शब्द,संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वरमा तयार पारिएको छ गीतलाइ नरेन्द्र वियोगीले  एरेन्ज गरेका हुन्। कार्यक्रममा गीतको म्युजिक भिडियोको प्रदर्शन गर्नुको साथै प्रमुख अतिथी मन्त्री शाहीले कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको बताउदै सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडि बढिरहेको दाबी गरे।

भने अन्य  बक्ताहरुले कर्णालीको बिकासमा कला सस्कृतिको महत्वपुर्ण भूमिका रहेको बताएका थिए। विनोद शाही र दीपा शाहीको अभिनय रहेको गीतको म्युजिक भिडियोमा भुपेन्द्र थापामगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ। विनोद शाहीले नै निर्देशन भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानल मार्पत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.