काठमाडौं :
मोफलमा रहेर पनि कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसी अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक शिव परियारको स्वरमा ‘अजम्बरी माया’ बोलको मर्मश्पर्शी गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
भिडियोमा अभिनेता केसीलाई मेनुका माझी र गणेश गहतराजले अभिनयमा साथ दिएका छन् । डा. राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको संगीत, आमोस तामाङको संगीत संयोज रहेको गीतको भिडियोमा छायांकन मदन कश्यप घिमिरे, सम्पादक मित्रा डी. गुरुङ र निर्देशन नवल नेपालको रहेको छ।