काठमाडौं :
अघिल्लो वर्ष फागुनमा प्रदर्शनमा आएको फिल्म ‘उपहार’लाई दर्शकले युटुबमा पनि रुचाएका छन्। युटुबमा अपलोड भएको छोटो समयमा नै १७ करोड ६४ लाख भन्दा बढि हेरिएको छ। गत शुक्रबार रिलिज भएको यो फिल्मलाई २ हजारभन्दा बढिले कमेन्ट गरेका छन् भने ७० हजार भन्दा बढि लाइक आएको छ।
अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहेको यो फिल्मको कमेन्टकर्ताले रेखालाई बधाई तथा शुभकामना दिएका छन्। हलमा लागेको छोटो समयमा नै फिल्म युटुबमा राखिदिएकोमा अधिकांशले रेखाप्रति खुशी देखिएका हुन्।
यस फिल्ममा रेखाले भुइँ मान्छेको कथालाई उठाएकी छन्। सडकमा ठेला व्यापार गरेर आफ्नो जिविका चलाई रहेको कथा देखि आधुनिक मुनामदनको प्रेमलाई फिल्ममा झल्काईएको छ।
ज्ञानेन्द्र देऊजा निर्देशित यस फिल्ममा रेखासहित मुकुन भूषाल, बेनिशा हमाल, पूजा शर्मा, समर्पणजंग कार्की, जेत गिरी लगायतका कलाकाररुको अभिनय रहेकोछ। हलमा सोचे अनुसारको व्यापार नगरेता पनि युटुबमा भने दर्शकको अत्यधिक माया पाइरहेको छ।विष्णु कल्पितको छायाँका रहेको फिल्मका निर्माताका रुपमा शुलभ प्रतीक र समीक्षा देउजा छन्।