सुचना, समाचार र मनोरन्जन

सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई

काठमाडौं :

यस वर्षको ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२’गोरखापत्र दैनिकमा कार्यरत सरोज ढुङ्गेललाई प्रदान गरिएको छ। आइतबार ललितपुरमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा फाउण्डेशनकी डाक्टर सुधा देवकोटालगायतले ढुङ्गेललाई ३३ हजार ३३३ राशीको नगदसहित सम्मान गरे।

स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा पारेर आयोजित पुरस्कार हस्तान्तरण गरिएको हो। सारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ। पुरस्कार वितरण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा ९एमाले०का नेता पदम गिरीले स्वास्थ्य पत्रकारिताको ठूलो भेग रहेको भन्दै स्वास्थ्य पत्रकारहरुले आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताए। उनले स्वास्थ्य क्षेत्रमा बेथितिविरुद्ध कलम चलाउन आग्रह गर्दै नेपालमा स्वास्थ्य क्षेत्रमा अझै थुप्रै समस्या रहेको र आधारभुत स्वास्थ्य सेवा समेत प्रभावकारी बन्न नसकेको समेत स्विकार गरे।

स्वर्गीय पत्रकार देवकोटाकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष डा.क्टर शुधा देवकोटाले आफ्नो बुबाले पत्रकारितामा व्यतित गरेको स्मरण गर्दै पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन यस पुरस्कार स्थापना गरेको बताइन्।

उनले पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक रहेको बताउदै अझै कैयौ विषयमा राज्यलाई घच्घच्याउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार उमेश चौहानले स्व। देवकोटाको योगदानको स्मरण गर्दै पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्नु जरुरी रहेको बताए । उनले पछिल्लो समय पत्रकारका लागि विभिन्न सामाजिक सञ्जालहरू चुनौतिका रूपमा आइरहेको तर अन्ततोगत्व मूलधारमा रहनेहरूले नै सही रूपमा पत्रकारिता गर्न सक्ने बताए।मन्चका पुर्व अध्यक्ष राम प्रसाद न्यौपानेले यस प्रकारको पुरस्कारले स्वास्थ्य पत्रकारितामा थप प्रेरित गरेको र यस्तो समन्वयले स्वास्थ्य पत्रकारिताको विकासमा टेवा पुर्याउने बताए।

पुरस्कृत ढुङ्गेलले स्वास्थ्य पत्रकारितामार्फत समाजलाई स्वस्थ बनाउने अभियानमा लाग्न पुरस्कारले थप हौसला मिलेको बताए। कार्यक्रमका सभापति स्वास्थ्य प्रकार मञ्चका कार्यवाहक अध्यक्ष बुद्धि कटेलले फाउन्डेसनले स्वास्थ्य पत्रकारीता बिधालाई समेटेर स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गरी ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेको मा आभार व्यक्त गर्दे यो पुरस्कार स्वास्थ्य क्षेत्र र पत्रकारीता जोड्ने पुल भएको बताए। यो पुरस्कार ५ वर्ष यता स्वास्थ्य पत्रकारलाई प्रदान गरिदै आएको छ।

Leave A Reply

Your email address will not be published.