
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
- गण्डकी आयुर्वेद अस्पतालद्वारा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न भिडियो प्रतियोगिता गर्ने
- कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनुः कृषि विकास कार्यालय
- कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह
- २२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै
- मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ
- लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल
- प्रधानमन्त्रीद्वारा शाहद्वारा एनपीएल उद्घाटन
- सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू सञ्चालनमा, केही सेवामा अझै समस्या
- नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस्: गगन थापा
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्दै
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ अन्य संस्थाहरुको सहयोगमा यही असार १३ र १४ गते दुई दिने अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
क्याम्पसले ‘गुणस्तरीय शिक्षा र दिगो विकासका उदीयमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ । उक्त अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरिका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेषणकर्ताहरुले अनलाइन र अफलाइन आफ्नो प्रस्तुतीकरण गर्ने अन्तरराष्ट्रिय सम्मेलनका निर्देशक डा मदनसिंह देउपाले बताए ।
“नेपाललगायत भारत, अमेरिका, बेलायत र डेनमार्कका अनुसन्धानकर्ताको प्रस्तुति रहेको छ, उनीहरुले अनलाइन र भौतिक उपस्थितीमा आफ्नो प्रस्तुति दिनेछन्”, उहाँले भन्नुभयो । उहाँले अन्तरराष्ट्रिय सम्मेलनको उदेश्य वर्तमानमा अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताले पत्ता लगाएका नतिजाहरुको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिको ‘प्रमोट’ गर्ने रहेको बताए ।

केन्द्रीय क्याम्पसले पहिलोपटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्काल नदेखिए पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा वृद्धि हुने विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र विभागमा कार्यरत कार्यरत प्रा दीपकचन्द्र भट्टले बताए
विद्यार्थीहरुलाई अनुसन्धानसँग जोड्नका लागि सम्मेलनको आयोजना गरिएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगी संस्थाहरुबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थ व्यवस्थापन संयोजक एवं उपप्राध्यापक कर्णदेव भट्टले बताए ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भइरहेको क्याम्पसका प्रमुख एवं अन्तरराष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताउनुभयो । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संयोजक चन्दले बताउनुभयो । सम्मेलनमा प्राध्यापक, विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र विद्यार्थी गरी २५० जनाको सहभागिता रहने उनले बताए ।