Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साउन ५ गते शुक्रबार महालक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस
- विनय लश्करी आफ्नो टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि काठमाडौँमा
- भदौ १९ मा आउने ककाकिकी’को शीर्ष गीत सार्वजनिक, अर्जुन र मेलिनाको स्वरमा रमाइलो माहोल
- ‘डियर काव्या’को औपचारिक घोषणा, उपासना र बिक्की समशेरको जोडी देखिँदै
- अभिनेता मदनकृष्ण श्रेष्ठको आतिथ्यतामा ‘जुनी’को टिजर रिलिज गर्दै गरियो कलाकारलाई सम्मानित
- रे अफ आर्ट्सको नयाँ फिल्म ‘हाम्रो सानो घर’, सुमन गजमेरको निर्देशनमा डेब्यु
- पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको भन्दै चलचित्र ‘तिरिमिरी झ्याइँ’ युनिटलाई रामधुनी नगरपालिकाको सम्मान
- अटिजम भएकी दिदी र भाइको कारुणिक कथामा ‘पार्वती’को ट्रेलरमा,नीता र अशोकको अभिनय रुवायो
- ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड – २०२६’ को मनोनयन सार्वजनिक
- ‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्दै
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ अन्य संस्थाहरुको सहयोगमा यही असार १३ र १४ गते दुई दिने अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
क्याम्पसले ‘गुणस्तरीय शिक्षा र दिगो विकासका उदीयमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ । उक्त अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरिका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेषणकर्ताहरुले अनलाइन र अफलाइन आफ्नो प्रस्तुतीकरण गर्ने अन्तरराष्ट्रिय सम्मेलनका निर्देशक डा मदनसिंह देउपाले बताए ।
“नेपाललगायत भारत, अमेरिका, बेलायत र डेनमार्कका अनुसन्धानकर्ताको प्रस्तुति रहेको छ, उनीहरुले अनलाइन र भौतिक उपस्थितीमा आफ्नो प्रस्तुति दिनेछन्”, उहाँले भन्नुभयो । उहाँले अन्तरराष्ट्रिय सम्मेलनको उदेश्य वर्तमानमा अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताले पत्ता लगाएका नतिजाहरुको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिको ‘प्रमोट’ गर्ने रहेको बताए ।
केन्द्रीय क्याम्पसले पहिलोपटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्काल नदेखिए पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा वृद्धि हुने विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र विभागमा कार्यरत कार्यरत प्रा दीपकचन्द्र भट्टले बताए
विद्यार्थीहरुलाई अनुसन्धानसँग जोड्नका लागि सम्मेलनको आयोजना गरिएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगी संस्थाहरुबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थ व्यवस्थापन संयोजक एवं उपप्राध्यापक कर्णदेव भट्टले बताए ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भइरहेको क्याम्पसका प्रमुख एवं अन्तरराष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताउनुभयो । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संयोजक चन्दले बताउनुभयो । सम्मेलनमा प्राध्यापक, विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र विद्यार्थी गरी २५० जनाको सहभागिता रहने उनले बताए ।