सुचना, समाचार र मनोरन्जन

एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा।गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए।

Gandarbha

उहाँका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको छ ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गएको चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाण्डौमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गएको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईईमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.