काठमाडौं,
लामो समयको आंशका तोड्दै माध्यमिक शिक्षा परिक्षा (एसईई) कायम राख्ने सहमती भएको छ । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षामा समेटेपछि कक्षा १० मा लिइने एसईईको अर्थ नरहने भएकाले खारेज गर्नुपर्ने चर्चाका बीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले कायम राख्ने सहमती गरेको हो।
आज सिंहदरबारमा बसेको समिति बैठकले एसईई कायम राख्ने र यसको सञ्चालन प्रदेश स्तरबाट गर्ने सहमती जुटाएको छ । यस अघि उपसमितिले समितलाई बुझाएको प्रतिवेदनमा एसईई नराख्ने उल्लेख थियो ।
तर सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गर्नुभएपछि समितिले त्यसमा सहमती जुटाएको हो । अब समितिले एसईई प्रदेशबाट सञ्चालन गर्ने व्यवस्थासहितको विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउनेछ ।