सुचना, समाचार र मनोरन्जन

ईशाराको एकल शो असार १५ बाट

काठमाडौं :   हास्यकलाकार गणेश इशारा राईको ‘अल नेपाल एकल कमेडी शो’ को दोस्रो संस्करण असार १५ गतेबाट सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्याउने परोपकारी उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।

गणेश इशाराको दोस्रो संस्करणको ‘अल नेपाल एकल कमेडी शो’ को तालिका निम्नानुसार रहेको जानकारी गरिएको छ। झापा असार १५, धरान साउन १ ‘सदन स्कुल सभाहल’, गाईघाट भदौ १, धनकुटा असोज १, पाँचथर कार्तिक १,इलाम मंसिर १, पोखरा पुस १, दाङ माघ १, हेटौंडा फागुन १ र काठमाडौंमा २०८३ वैशाख १ गते कमेडी शोको आयोजना हुने तालिका सार्वजनिक गरिएको छ।

कलाकार इशाराका अनुसार उनको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहने छ। यस कार्यक्रमबाट सङ्कलित रकम वीरमाया राई ‘शोभोमा’ को स्मृति कोषमा जम्मा गरिने छ, जसबाट अनाथ र असहाय बालबालिकालाई सहयोग पुराइने छ।

Leave A Reply

Your email address will not be published.