सुचना, समाचार र मनोरन्जन

एलन मस्कको नयाँ दलको नाम ‘अमेरिका पार्टी’

काठमाडौँ,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका छन् ।

‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।

यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् । यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् ।

सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी निकायको प्रमुखको पदमा नियुक्त भएका थिए । पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए । पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाको कुरा गरेका थिए ।

अमेरिकाको स्वतन्त्रता दिवस (चार जुलाई) को अवसरमा मस्कले एक्स अकाउन्टमा एक पोल राखेका थिए । त्यहाँ उनले लेखेका थिए– के तपाईं दुई पार्टी सिस्टमबाट स्वतन्त्रता चाहानुहुन्छ रु के हामीले नयाँ पार्टी बनाउनुपर्छ?
यी प्रश्नमा मत व्यक्त गर्न दिइएका दुईवटा अप्सनहरुमध्ये ६५.४ प्रतिशतले नयाँ पार्टी बनाउनुपर्छ भन्ने पक्षमा मत व्यक्त गरेका थिए । ३४.६ प्रतिशतले पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।

सो पोलको नतिजापछि मस्कले एक्समा लेखेका छन्– तपाईंहरु ६६ प्रतिशतले नयाँ राजनीतिक पार्टी चाहानुहुन्छ र अब यो तपाईंले प्राप्त गर्नुहुनेछ । जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ तब अमेरिकाका दुवै पार्टी (रिपब्लिकन र डेमोक्रेटिक) उस्तै हुन आउँछन् । अब देशले दुई पार्टी सिस्टमबाट स्वतन्त्रता पाउने छ ।’

Leave A Reply

Your email address will not be published.