सुचना, समाचार र मनोरन्जन

आन्तरिक राजस्व कार्यालयमा करदाता सहायता कक्ष संचालन

पोखरा,
आन्तरिक राजस्व कार्यालयमा करदाता सहायता कक्ष संचालनमा आएको छ । बिहिवार पोखरा उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता सहायता कक्षको समुद्धघाटन गरिएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षता र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो । करदाता सहायता कक्ष संचालनमा आएसंगै सेवाग्राहीलाई थप सहज हुने प्रमुख अतिथि शर्माको भनाई छ ।

GIZ-RSRSD र आन्तरिक राजस्व कार्यालय पोखराको सहयोगमा निर्मित पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संयुक्त रुपमा भवन संचालनमा ल्याएका हुन ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उपस्थित आगन्तुकहरुलाई माला र शव्दहरुद्धारा स्वागत गर्दै नवनिर्मित भवनको बारेमा जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.