सुचना, समाचार र मनोरन्जन

जोगिन्दरको नेताहरुलाई झटारो ‘मिसन नौटंकी’

काठमाडौँ :

लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक बर्षको ‘गाइजात्रा’लाई लक्षित गर्दै हास्यब्यङ्ग्य सामाग्री बजारमा ल्याउने गर्छन्। यस्तैमा यो बर्ष पनि उनले नेताहरुलाई ब्याङ्ग्यको झटारो प्रहार गर्दै गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन्।

‘मिसन नौटंकी’मा उनले देशमा सबैको चासो र चिन्ताको विषय भष्टाचार र नेताहरुको गलत क्रियाकलाप उठाएका छन् । उनले पछिल्लो समय जुनै दलको नेताहरुले भन्ने गरेको ‘मिस चौरासी’का बिषयलाई समेत नौटंकीको रुपमा संख्या दिदै तिखो ब्याङ्ग्य गरेका छन् । ‘मिसन नौटंकी’ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

Pach Pandav

नेताहरुको क्रियाकलाप र समाजका बिकृति बिसंगतीमाथि ब्याङ्ग्य गर्दै दर्शक तथा स्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले ‘मिसन नौटंकी’ सार्वजनिक गरेको कलाकार रिजालले बताए।हरेक बर्ष जस्तै यो पटक पनि उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन्। यसपटक उनले हिट फिल्म ‘जाजै जात्रा’को गीत ‘लाईदेउ माया पिरिम’मा प्यारोडी बनाएका छन्। जसमा रवि लामिछानेको जेल, नेताहरुको क्रियाकलाप, भष्टचार, लुटपाट लगायको बिषय उठाएका छन्।

बिसं २०६१ देखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउदै आएका रिजालको ‘मिसन नौटंकी’ २२ औं कोसेली हो। गतवर्ष उनले ‘लुछाचुडी’ ल्याएका थिए ।
‘मिसन नौटंकी’मा रिजालको अलवा राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठुले दाई’, सबिना बिक, भिम परियार, र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटंकी’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैले गरेका हुन्।
गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको रिजालले बताए । ‘सधैँ झैँ यो वर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने। रिजाल अहिले राष्ट्रिय नाचघरले आयोजना गर्ने गाइजात्रे कार्यक्रम तयारीमा जुटेका छन् ।

Leave A Reply

Your email address will not be published.