सुचना, समाचार र मनोरन्जन

ट्रायम्फ नेपालले गर्यो लिगेसी राइड ‘सौराहा एडिसन’

पोखरा,

ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल (र्यालीको तेस्रो संस्करण, ‘सौराहा एडिसन’ सम्पन्न गरेको छ । साउन २ र ३ गते ट्रायम्फ पोखरा (इच्छाशक्ति अटोमोबाइल्स प्रा. लि.) द्वारा आयोजित उक्त राइडमा ३५ जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए ।

राइडको सुरुवात पोखराको नयाँबजारस्थित ट्रायम्फ शोरूमबाट भएको थियो । पोखराको डाँडाकाँडा हुँदै तराईका समथर भूभागहरू पार गर्दै ट्रायम्फ मोटरसाइकलको समूह सौराहा, चितवन पुगेका हुन् । करिब १६० किलोमिटरको रमणीय यात्रा पार गरेर राइडरहरू साँझ सौराहा पुगेका थिए ।

सौराहामा राइडरहरूले थारु संस्कृति, सांस्कृतिक कार्यक्रम, बोनफायर जस्ता रमाइलो गतिविधिहरूमा सहभागी भई यात्रा थप अविस्मरणीय बनाएका थिए । शनिबार बिहान, चितवन राष्ट्रिय निकुञ्जको जङ्गल सफारीमा सहभागी भएर उनीहरूले एकसिंगे गैँडा लगायत विभिन्न वन्यजन्तुहरूको अवलोकन गरे ।

कम्पनिका अनुसार, यस यात्रामार्फत ट्रायम्फ राइडरहरूले नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको अनुभव गर्दै आन्तरिक पर्यटन तथा दुईपांग्रे पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

ट्रायम्फ पोखराका प्रबन्ध निर्देशक आघोष मान बुद्धाचार्यले राइडरहरुमा उत्साह थपेको बताउँदै पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुगेको बताउँदै आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

ट्रायम्फ लिगेसी राइड ‘सौराहा एडिसन’ले देशभरिका राइडरहरूलाई एउटै यात्रामा जोडेको कम्पनीका प्रबन्धक सागर थापाले बताए । ‘यस राइडरमा सहभागीहरुले नेपालको अनुपम प्रकृति र सांस्कृतिक विविधता अन्वेषण गर्दै राइडिङ प्रतिको आफ्नो उत्साह र अनुभवहरू बाँडेको बताए ।

Leave A Reply

Your email address will not be published.