काठमाडौं :
संघीय सांसद तथा संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यता, प्रियसी म्यूजिकको आयोजनामा चौथो सिल्भर म्यूजिक अवार्ड २०२५ सम्पन्न भएको छ । म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको सभापतित्वमा ‘चौथो सिल्भर म्यूजिक अवार्ड’ चलचित्र विकासबोर्डको हलमा सम्पन्न भएको हो । अवार्ड कार्यक्रम गीतसंगीत र चलचित्रका विभिन्न ३० विधामा आयोजना गरिएको थियो ।
अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएको कलाकार एवं पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । ‘चौथो सिल्भर म्यूजिक अवार्ड’मा पत्रकार सम्मानबाट ऋषि थपलिया, कला पत्रकारिता सम्मानबाट गीता अधिकारी र सबिता पोखरेललाई सम्मानित गरिएको थियो । त्यस्तै कला सम्मानबाट निर्देशक शिशिर बुढाथोकी, मोडल सुनिता खड्का, नवा थापा, सनम कठायत, कमल आचार्य, गायक राजन चौलागाईं खैराते, नवराज ढकाल विनोद सुनार सम्मानित भएका थिए । चौथो सिल्भर म्यूजिक अवार्डमा चर्चित अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संयोजकत्वमा निर्देशक दिवाकर भट्टराई, अभिनेता धु्रव न्यौपाने, नृत्य निर्देशक केशव कोइराला, निर्देशक उमेश गुरूङ, गायिका शान्ति कुमारी शाही, मोडल संचिता शाही निर्णायक मण्डलमा रहेका थिए।
त्यसैगरी विभिन्न ३० विधामा आयोजना गरिएको सिल्भर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी गायक विशाल सोनी (मकै बारी दर्याम दर्याम), सर्वोत्कृष्ट लोकदोहोरी गायीका सविना बुढा मगर (रातो फुल), सर्वोत्कृष्ट लोकदोहोरी शब्द कमला थापा (कोशी सलल), सर्वोत्कृष्ट लोकदोहोरी लय अर्जुन गहिरे (आधा मुटु), सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक रोशन दास (आफनै स्वार्थ), सर्वोत्कृष्ट म्युजिक भिडियो संम्पादक बिनोद बम (रूखैमा पाक्यो मेवा) लगायतले अवार्ड चुम्न सफल भएका थिए।
कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्ल, सोसाइटीका महासचिव चलचित्र निर्माता/कलाकार राजेश बिसुराल, नृत्य निर्देशक संघ, नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्मा, गीतकार तथा पत्रकार सुमन पण्डित, कोरियोग्राफर अश्विनीकान्त झा, रिवन इन्टरटेन्टमेन्टका अध्यक्ष निशुकान्त झा, विशिष्ट कलाकार राकेश खडका, निर्देशक रोशन कुमार श्रेष्ठ, गायक शंकर लाल श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष अमृत खाती, निर्देशक पूजा ठकुरी लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो ।