सुचना, समाचार र मनोरन्जन

‘हरिबहादुरको जुत्ता’ को बहुप्रतिक्षित पोष्टरमा पारिवारिक र रमाइलो झलक

काठमाडौं :

फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ पोष्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको हो।  एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मको पोष्टरमा प्रमुख तीन कलाकार—हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का—लाई प्रस्तुत गरिएको छ।

सार्वजनिक पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित ‘हरिबहादुर’ पात्रमा देखिएका छन्, जसले हास्यरसमा आधारित कथाको संकेत गर्छ। प्रकाश सपुत केही आक्रोशित मुद्रामा प्रस्तुत छन् भने स्वस्तिमा खड्का मन्द मुस्कानसहित देखिएकी छन्। पोष्टरलाई शान थापा र विजय वस्यालले डिजाइन गरेका हुन्।

फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपालको पनि अभिनय रहने छ। फिल्म दसैंको फूलपाती अर्थात असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको हो। दिपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्ममा लगानी सरोज ओली र मोहितबंश आचार्य गरेका छन्।

फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काको रहेको छ। फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत समावेश छ। स्वरमा आशिष अविरल, समीक्ष्या अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईं रहेका छन्।

Leave A Reply

Your email address will not be published.