सुचना, समाचार र मनोरन्जन

सहारा क्लव अष्ट्रेलियाको आयोजना र हिमास एजुकेसनको प्रस्तुतिमा ‘र्माक्यू होम्स सहाराकप फुटबल प्रतियोगिता २०२५’ आयोजना हुने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता यसवर्ष १७ अगष्ट २०२५ देखि अष्ट्रेलियाको सिडनीमा सुरु हुदैँछ । सहाराकप फुटबल प्रतियोगिता दुई साता नकआउट, प्रि–क्वाटर हुदैँ फाईनल चरणका खेलहरु संचालन हुनेछन ।

खेलमा अष्ट्रेलियामा रहेका नेपाली १६ टिमहरु सहभागी हुनेछन । प्रतियोगिताका विजेताले ३ हजार डलर र उपविजेताले नगद १ हजार डलर प्राप्त गर्नेछन । अष्ट्रेलिया स्थित राइडअलमीरामा हुने फुटबल प्रतियोगिता नक आउटका आधारमा संचालन हुने साहारा क्लवका अध्यक्ष सिद्धार्थ पौडेलले जानकारी दिएका छन । अध्यक्ष पौडेलले आफ्नो अध्यक्षतामा पहिलोपटक खेल आयोजना हुन लागेको हुदाँ उत्कृष्टताका साथ सम्पन्न गर्न आफु लागिपरेको बताए ।

फाईनल खेलको दिन साहारा क्लवका अध्यक्ष राजमान थकालीको सम्झनामा राजमान थकाली स्मृती विशेष खेल समेत संचालन गरिने पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.