
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु
- विरामी हुँदा पनि निरुता र उत्तम‘सारथी’को प्रचारप्रसारमा व्यस्त,हल भिजिटमा निस्कने तयारी
- पोखरामा मंसिर १२ गते वृहत् सरसफाइ अभियान, नागरिक सहभागिताका लागि जागरण कार्यक्रम
- ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?
- ‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, भोली शुक्रबारबाट फिल्म रिलिज
- ‘एक्का–३’ काे कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त
- पूजा शर्मा र अशोक दर्जीको ‘सेतो कोट’ को एक्सन कट
- लेखनाथको नौविसे फाँटमा शनिबार परम्परागत दाइँ महोत्सव हुँदै
- वैवाहिक बन्धनमा बाँधिए रोहित र सिम्रन
- जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै
पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
म्याग्दी,
म्याग्दीको उत्तरी क्षेत्र हुदैँ पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताए ।
वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनले बताए । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन् ।
Next Post