सुचना, समाचार र मनोरन्जन

अनमोल र आँचल जयपुरमा, ‘जेरी अन टप’ गीतको छायांकन तीव्र गतिमा

काठमाडौं :

तिहारको छेको पारेर अर्थात आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’समावेश गर्ने गीतको छायांकन भइरहेको छ। निर्माण पक्षका अनुसार यो गीतको छायांकन यतिबेला भारतको जयपुर भइरहेको छ।

फिल्मका निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारतमा कथाको माग अनुसार गीतको सुटिङ थालिएको जयपुर पुगेको निर्माता न्यौपानेले जानकारी दिए। निर्माण टिमबाट प्राप्त तश्विरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिन्छन्। एक गीतको छायांकन सकेर शनिबार नेपाल फर्किने निर्माण टिमको योजना छ।

Pach Pandav

अनन्या फिल्मस् प्रालीको ब्यानरमा तयार यो फिल्मको केहि हप्ता पहिले पोस्टर सार्वजनिकसँगै निर्माण टिम प्रचारमा जुटिसकेको छ। फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ,केदार घिमिरे,भुवन केसी,विपना थापा,सुरक्षा पन्त र उषा खड्की प्रमुख भुमिकामा रहेका छन्।

फिल्म निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग लगानिमा साझेदारी गरेका छन्। यो फिल्मको कथा हेमराज बिसीको हो। कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्।

यस फिल्ममा कालिप्रसाद बाँस्कोटा,जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ। विस्वास तिम्सिनाको पटकथा रहँदा दिलिप रेग्मीको छायांकन छ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन्।

Leave A Reply

Your email address will not be published.