सुचना, समाचार र मनोरन्जन

तायाःमचा नृत्य प्रतियोगितामा गैह्रापाटन नेवा समाज प्रथम

पोखरा,

नेवा खल कास्कीको आयोजनामा तायाःमचा नृत्य प्रतियोगितामा तायाः मचा नृत्य प्रतियोगितामा गैह्रापाटन नेवा समाजले प्रथम स्थान हासिल गरेका छ । शनिबार श्री कृष्ण जन्माष्टमी को दिन शिशुवा शिव मन्दिर परिषद पोखरा–३० शिशुवामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पोखराका ३१ समुहले सहभागिता जनाएका थिए । जसमा पुरुषतर्फ प्रथम गैह्रापाटन नेवा समाजले नगद रु १ लाख ११ हजार १ सय ११, द्वितीय सरस्वती मन्दिर ताया मचा समितिले ७७ हजार ७ सय ७७, तृतीय मोहरिया सिहनाथ टोलले ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन भने शान्तवना स्थान बनाउन सफल भिमसेन टोल सुधार समितिले २५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल प्राप्त गरेका छन ।

त्यस्तै महिलातर्फ प्रथम भण्डारढिक नेवा खल भण्डारढिकले रु ४० हजार र मेडल, द्वितीय समाज कल्याण नेवा खल पोखरा ३२ ले नगद रु ३० हजार र मेडल तृतीय लामाचौर नेवा खल गुठीले नगद रु २५ हजार सहित मेडल र शान्तवना नदिपुर तायामचा समिती नदिपुरले नगद रु २० हजार सहित मेडल प्राप्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.