सुचना, समाचार र मनोरन्जन

‘र्माक्यू होम्स सहाराकप फुटबल प्रतियोगिता अष्ट्रेलियामा सुरु

पहिलो दिनको खेलमा ८ टिमबीच प्रतिस्पर्धा

सहारा क्लव अष्ट्रेलियाको आयोजना र हिमाअस एजुकेसनको प्रस्तुतिमा ‘र्माक्यू होम्स सहाराकप फुटबल प्रतियोगिता २०२५’ आइतबार देखि सुरु भएको छ । आइतबार साहारा क्लवका पुर्व अध्यक्ष स्व.राजमान थकालीको सम्झनामा मैनधारण गर्दै खेल सुरु गरिएको हो ।

खेलको पहिलो दिन आइतबार आठ टिमबीच प्रतिस्पर्धा भएको थियो । आइतबार वेस्ट यूनाइटेड र माछापुछ्रे फुटबल क्लव विचको खेलमा यूनाइटेड क्लवले जेतेको छ । त्यस्तै सगरमाथा फुटबल क्लव र रक्डेल वोयज फुटबल क्लव विचको खेलमा सगरमाथा फुटबल क्लबले जीत्यो भने बेनी फुटबल क्लव र हिमालयन युथ क्लव बीचको खेल बेनी फुटबल क्लवले जितेको छ भने डाफे यूनाइटेड फुटबल क्लव र वोयज यूनाइटेड फुटबल क्लवबीचको खेलमा डाफे यूनाइटेड फुटबल क्लकले जीत हासिल गरेका छन । प्रतियोगितमा उत्कृष्ट हुने टिमले ३ हजार डलर मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले रु १ हजार डलर पुरस्कार प्राप्त गर्नेछन ।

प्रत्यक हप्ताको आइतबार अष्ट्रेलिया स्थित राइडअलमीरामा हुने फुटबल प्रतियोगिता नक आउटका आधारमा संचालन भैरहेको साहारा क्लवका अध्यक्ष सिद्धार्थ पौडेलले जानकारी दिएका छन । फाईनल खेलको दिन साहारा क्लवका अध्यक्ष राजमान थकालीको सम्झनामा राजमान थकाली स्मृती विशेष खेल समेत संचालन गरिने पौडेलले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.