सुचना, समाचार र मनोरन्जन

र्यापर लिल क्लाउडको ‘बेबी गर्ल’ मा निमेशसंग बोल्ड प्रियाना आचार्य

काठमाडौं :

र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ।  पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्। यहि बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना आचार्य ‘मुन्नी’ र निमेश जंग थापा फिचर्ड रहेका छन्।  निमेशले नै कोरियोग्राफी गरेको भिडियो आकर्षक बनेको छ।  प्रियानालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।

उनले पहिलोपटक आफु  बिकिनीमा  प्रस्तुत भएको र दर्शकले यो कोसिसलाई मन पराउने अपेक्षा राखेकी छिन्। भिडियोमा प्रियाना र निमेशको साथमा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकार प्रस्तुत रहेका छन्।  एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका छन्।  फ्रिक स्ट्रीट डाएरिसको युट्युव च्यानलमा रिलिज भएको गीतलाई रोमन मार्सले खिचेका छन्।

Leave A Reply

Your email address will not be published.