काठमाडौं :
‘मिस एण्ड मिसेस गुरुङ २०८२’ प्रतियोगिताको उपाधि सुप्रिया गुरुङ (मिस) र माया गुरुङ (मिसेस) ले जितेकी छन्। सोमबार नेपाल पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि हात पारेका हुन्।
मिसेस तर्फ मायादेवी गुरुङ फस्ट रनरअप, गंगा गुरुङ सेकेण्ड रनरअप, पूर्णिमा गुरुङ थर्ड रनरअप र मुना घले फोर्थ रनरअप घोषित भए। मिसेस पब्लिक च्वाइसको उपाधि मुना घलेले जितिन् भने नन्द गुरुङ उपविजेता भइन्।
त्यस्तै, मिसेस भ्युअर च्वाइस कुमारी गुरुङ, अग्रेनाइजर च्वाइस र फोटोजेनिक दुवैमा मेलिना गुरुङ, मिसेस प्रतिभा मीना गुरुङ, अनुशासन हेमा गुरुङ, व्यक्तित्व माया गुरुङ, आत्मविश्वासी कुमारी गुरुङ, इन्टिलिजेन्स गंगा गुरुङ, फ्रेन्डसिप मुना घले, हार्डवर्किङ रश्मी गुरुङ, वेष्ट स्माइल जुना गुरुङ, व्यूटिफुल मेलिना गुरुङ, अनेष्ट कृष्णमाया गुरुङ, हम्बल मीना घले, आज्ञाकारी नन्द गुरुङ, प्रेरणादायी बिचु गुरुङ, वेष्ट हेयर क्षमा गुरुङ, वेष्ट स्किन रञ्जिता गुरुङ, ग्रेसफुल धनु गुरुङ, कल्चरल सपना गुरुङ, आकर्षक कञ्चन गुरुङ, एक्टिभ सृजना गुरुङ, इनोसेन्ट लक्ष्मी गुरुङ, सिनसियर मायादेवी गुरुङ र नेतृत्व उपाधि पूर्णिमा गुरुङले जिते।
मिस तर्फ अनिता गुरुङ फस्ट रनरअप, ईशा गुरुङ सेकेन्ड रनरअप घोषित भइन्। फुलमाया गुरुङ पब्लिक च्वाइस र फोटोजेनिक बन्न सफल भइन् भने अनिता गुरुङ पब्लिक च्वाइस रनरअप, मिस ट्यालेन्ट र मिस चार्मिङको उपाधि समेत जितिन्।

त्यस्तै, दर्शक रोजाइ सुनिला गुरुङ, आयोजक छनोट हिमाली गुरुङ, डिसिप्लिन जेनिशा गुरुङ, पर्सनालिटी सुप्रिया गुरुङ, कन्फिडेन्ट सुनिला गुरुङ, इन्टेलिजेन्ट फुलमाया गुरुङ, फ्रेन्डशिप सपना घले, लिडरशिप सम्पदा गुरुङ, बेस्ट स्माइल सिर्जना गुरुङ, ब्यूटीफुल ईशा गुरुङ, एक्टिभ सुमा गुरुङ, इनोसेन्ट हिमाली गुरुङ र इमान्दार पवित्रा गुरुङ घोषित भए।
विजेताहरूलाई ट्रफी, प्रमाणपत्रसहित विभिन्न उपहार र गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा वरिष्ठ अभिनेता सरोज खनाल, गायक आनन्द कार्की, पूर्व डीआईजी डा. देउती गुरुङ, नृत्य निर्देशक केशव थापा र मैनुका राई निर्णायकको रूपमा सहभागी थिए।
समारोहका प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महतले विविध सांस्कृतिक पहिचानको संरक्षणमा यस्ता कार्यक्रमको योगदान महत्वपूर्ण हुने बताएका थिए। विशिष्ट अतिथिमा खेलकुद मन्त्री उर्मिला केसी, कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन, राप्रपा नेता पर्शुराम तामाङ, सांसद डोल्मा तामाङ, नेतृ मनकुमारी गुरुङ लगायतको उपस्थिति थियो।
कार्यक्रमको आयोजना एसके इन्टरटेन्मेन्टले गरेको हो। आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता लामा तामाङका अनुसार, प्रतियोगिता यसपटक पूर्ण रूपमा नि:शुल्क रूपमा सम्पन्न गरिएको हो। सहभागी महिलाहरूलाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदान गरिएको थियो।
कार्यक्रम निर्देशक तथा गीतकार अशोककुमार तामाङका अनुसार, ‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमताको प्रदर्शनका साथै समुदायको भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखेको छ।