सुचना, समाचार र मनोरन्जन

६ दशकपछि ‘माइतीघर’को गीत पुनः जीवन्त, गीतसँगै भिडियो प्रतिस्पर्धा सुरु

काठमाडौं :

आगामी दशैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिएको छ। ६ दशकअघि निर्माण भएको सोही नामको फिल्मबाट लिइएको गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले नयाँ ढंगमा पुनः प्रस्तुत गरेका हुन्।

गीतमा किरण खरेलको शब्द, जयदेवको संगीत र राकेश गुरुङको संगीत संयोजन (एरेञ्ज) रहेको छ। मूल गीतमा स्वर दिएकी गायिका आशा भोसलेको स्थान यसपटक भारतीय गायिका सञ्जीवनीले लिएकी छन्।

Pach Pandav

गीतको भिडियोमा निर्देशक कविराज गहतराजको कोरियोग्राफीमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको भिडियो सार्वजनिकसँगै निर्माण टिमले भिडियो प्रतियोगिताको घोषणा गरेको छ।

४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडिओ बनाइ पठाउनेमध्ये उत्कृष्ट एक जनालाई ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ। निर्माण टिमले यस रणनीतिलाई प्रचार–प्रसारको नयाँ माध्यमको रूपमा प्रयोगमा ल्याउने लक्ष्य राखेको छ।

मिलन तामाङ निर्देशित फिल्ममा उपासना र श्यामाश्रीसँगै केदार प्रसाद घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपूत, युवराज लामा, बुद्धि तामाङ, रजनी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा रबिन शेरचन र धीरज तामाङको लगानी, कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल, र लेखकमा रामशरण पाठक रहेका छन्।

Leave A Reply

Your email address will not be published.