सुचना, समाचार र मनोरन्जन

मोडल तथा टिकटकर पवित्रा साकी ‘मिस पवि’ कर्णाली यशभिसमा अनुबन्धित

काठमाडौँ :

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि तयारीमा जुटेको कर्णाली यशभिसले लोकप्रिय टिकटक फेस तथा मोडल पवित्रा साकी ‘मिस पवि’लाई अनुबन्धित गरेको छ। मिस पविलाई आगामी भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि ‘टिकटक फेस’को रूपमा टिमले अनुबन्ध गरेको हो।

प्रतियोगिता इन्फिनिटी ड्रिम्सको आयोजनामा हुँदैछ। कर्णाली यशभिसले यसअघि नै ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्ध गरिसकेको छ। दुवै खेलाडी केही दिनमै नेपाल आइपुग्ने टिमले जनाएको छ।

टिमले यस सिजन पनि प्रशिक्षक कुमार राईलाई निरन्तरता दिएको छ भने मार्की खेलाडी सुमित्रा रेग्मी यथावत रहनेछिन्। यसअघि नै कर्णाली यशभिसले अभिनेता राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरिसकेको छ। पहिलो संस्करणको उपाधि जितिसकेको कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि उपाधि रक्षा गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.